‘डिपिएल २’ का लागि अक्सन मूल्य र रणनैतिक खेलाडी सार्वजनिक

काठमाडौँ– धनगढी प्रीमियर लिग (डिपिएल) को दोस्रो सिजनका लागि लिगका टिमहरु र रणनैतिक खेलाडीहरु सार्वजनिक गरेको छ । डिपिएल आगामी चैत्र १७ देखि बैशाख १ सम्म धनगढीको अञ्चल प्रहरीको एसएसपी क्रिकेट मैदानमा हुनेछ ।

डिपिएल सिजन दुइका टिमहरु दोश्रो सिजनको डि पि एल मा कुल ६ वटा टिमहरु सी वाइ सी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमान्डौ गोल्डेन्स, बिराटनगर किङ्स, रुपन्देही च्यालेन्जर्स र टिम चौराहा धनगढी रहनेछन ।

प्रतियोगितामा एक टिम नयाँ टिम आएको छ । अन्य पाँच टोली भने पहिलो संस्करणकै टिम रहेको छ । डिपिएल क्रिकेटमा महेन्द्रनगर युनाइटेडले पहिलो पटक प्रतियोगिता खेल्दै छ। महेन्द्रनगरले कञ्चनपुर आईकोनिकको स्थानमा डिपिएल खेल्न लागेको हो ।

डिपिएल टिमका रणनैतिक खेलाडीमा दिपेन्द्र सिंह एेरी सीवाइसी अत्तरियामा, बिनोद भन्डारी महेन्द्रनगर युनाइटेड, ज्ञानेन्द्र मल्ल काठमान्डौ गोल्डेन्समा , पारस खडका बिराटनगर किङ्समा , शक्ति गौचन रुपन्देही च्यालेन्जर्समा र सोमपाल कामी टिम चौराहा धनगढीमा रहेका छन ।

रणनैतिक खेलाडीको मूल्य २ लाख तोकिएको छ । फागुन ५ गते हुने अक्सनका लागि खेलाडीहरुलाइ तीन क्याटोगरी ए, बी र सी मा विभाजित गरिएको छ। क्याटेगोरी ए मा कम्तिमा १५ अन्तर्राष्ट्रिय खेल वा लगातार तीन बर्षदेखि राष्ट्रिय टिममा प्रतिनिधित्व गरेको हुनपर्छ । न्युनतम मूल्य १ लाख रहेको छ भने अधिकतम १ लाख ५० हजार रहेको छ । क्याटोगरी बी मा बाँकि राष्ट्रिय खेलाडीहरुलाइ राखिनेछ । जसको न्युनतम मूल्य ५० हजार छ भने अधिकतम १ लाख रहेको छ ।

क्याटेगोरी सी मा अन्क्यापड खेलाडीहरु रहनेछन् । जसको न्युनतम मूल्य रु २५ हजार रहेको छ भने अधिकतम ७५ हजार रहेको छ । डिपिएल विजेताले रु २५ लाख पाउनेछ । हरेक टिमले कम्तिमा दुई बिदेशी खेलाडिहरु राख्नेछन भने एक खेलाडी ट्यालेन्ट हन्ट मार्फत छनोट गर्नेछन ।

टि–२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा पत्येक टिमले अन्य टिमसँग १–१ खेल खेल्ने छन् । शीर्ष चारमा पर्ने टिम प्लेअफमा पुग्ने छन् । त्यसमा पहिलो र दोस्रो हुने टिमबीचको खेलबाट विजेता टिम फाइनलमा पुग्ने छ । पराजित हुने टिम तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छन् ।

डिपिएल पहिलो सिजनको बिजेता टिम चौरहा धनगढी रहेको थियो ।

Comments

comments