दूरसञ्चार प्राधिकरणद्वारा सुबिसु इन्टरनेटलाई अप्टिकल फाइबर विस्तारका लागि स्वीकृति

काठमाडौं– नेपाल दुरसञ्चार प्राधिकरणले देशभर सञ्चालित टेलिकम अप्रेटर तथा इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै प्राधिकरणले सुबिसु केबलनेट प्रालिलाई प्रदेश नम्बर २ का आठवटा जिल्लाहरुलाई एफटीटीएच नेटवर्कको पूर्वाधार विकास गर्नका लागि स्वीकृत प्रदान समेत गरेको छ ।

नेपालको अग्रणी इन्टरनेट–डिजिटल टेलिकम सेवा प्रदान गर्ने कम्पनीको रुपमा स्थापित सुविसुले ग्राहकहरुलाई गुणस्तीय सेवा प्रदान गर्नका लागि नोकिया कम्पनीसँग हातेमालो गरेको छ । आफ्ना ग्राहकहरुलाई तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्धेश्य राखेको सुबिसुले देशभरिनै अप्टिकल फाइबर नेटवर्क विस्तार गरिरहेको समेत जनाएको छ ।

Comments

comments