उपत्यका सहित देशभर मेघ गर्जनसहित वर्षा हुने संभावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यका सहित देशका धेरै स्थानमा मेघ गर्ननसहित वर्षा हुने संभावना रहेको छ ।

 

महाशाखाले दिएको जानकारी अनुसार विशेषगरी काठमाडौं उपत्यकासहित मध्य र पूर्वी भेगमा मेघ गर्जनसहित पानी पर्ने देखिएको छ। यस्तै पश्चिमी क्षेत्रका पनि केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। ‘मौसमचाहिँ दिनभर देशभर नै बदली हुनेछ। पानी पर्ने र बीच बीचमा रोकिने देखिन्छ।’

 

प्रि–मनसुन जारी रहेकाले हावाहुरी आउनु तथा चट्याङ पर्नु स्वाभाविक र नियमित प्रक्रिया भएको महाशाखाले जनाएको छ ।

 

यस्तै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम खुल्न अझै एकदुई दिन लाग्ने अवस्था रहेको विभागले जानकारी दिएको छ ।

Comments

comments