मेस्सी भन्छन् ‘रोनाल्डोलाई मिस गर्छु’

काठमाडौं । बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डोले गर्दा आफूले यत्तिको मान र सम्मान पाएको बताएका छन्।

स्पेनमा आफू र रोनाल्डोबीच हुने चर्चा र प्रतिद्वन्द्विताले झन इज्जत र प्रतिष्ठा पाएको मेस्सीको भनाइ छ।

एफएम क्लब ९४७ सँगको कुराकानीमा मेस्सीले भने,‘म रोनाल्डोलाई मिस गर्छु।’

हाल क्रिस्टियानो रोनाल्डो युभेन्ट्सबाट खेलिरहेका छन्। मड्रिडलाई चार च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेल्ने रोनाल्डोले इटालीमा समेत आफ्नो जादु देखाइरहेका छन्।

रोनाल्डोले यस सिजनको च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिड विरुद्ध ह्याट्रिक गर्दै युभेन्ट्सलाई क्वाटर फाइनलमा पुर्याएका छन्। मेस्सीको बार्सिलोनासमेत च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुगेको छ।

यद्यपी बेग्ला–बेग्लै समूहमा भएकाले बार्सिलोना र युभेन्ट्सबीचको भेट हुने संभावना फाइनलमा मात्र छ।

दुवैको क्लव आ–आफ्नो लिगमा लिडर हुन्। मेस्सी र रोनाल्डो समान पाँच–पाँच पटकका बालुन डि’ओर विजेता हुन्।

Comments

comments