विज्ञानमा फड्को : पहिलो पटक ‘ब्ल्याक होल’को तस्बिर सार्वजनिक

एजेन्सी – अन्तरिक्षयात्रीहरुले पहिलोपटक ‘ब्ल्याक होल’ को वास्तविक तस्बिर सार्वजनिक गरेका छन् । जसको आकार सिंगो सौर्य मण्डलको भन्दापनि ठूलो रहेको बताइएको छ ।

यसै हप्ता सार्वजनिक हुने भनेर यसअघि बताइए अनुसार नै उनीहरुले आकाशगंगा (ग्यालेस्की)को केन्द्रभागमा रहेको कालो छिद्र (ब्ल्याक होल)को तस्बिर पहिलो पटक सार्वजनिक गरेका हुन् । यससघि ब्ल्याक होलको स्वरुप वैज्ञानिकहरुको कल्पनाको आधारमा मात्र रहेको थियो ।

‘दि इभेन्ट होरिजन टेलीस्कोप’ (इएचटी) टेलिस्कोपको ग्लोबल नेटवर्क हो । जसले ‘ब्ल्याक होल’को पहिलो तस्बिर सार्वजनिक गरेको हो । जसमा आन्टार्किकादेखि स्पेन र चिलीसम्मका २ सय भन्दा बढी वैज्ञानिकको प्रयास रहेको छ । पृथ्वीको आकारको ३० लाख गुणा ठूलो र ४० अर्ब किमी टाढा रहेको यसलाई वैज्ञानिकले राक्षसका रुपमा व्याख्या गरेका छन् ।

तस्बिर सार्वजनिक भएसंगै यसले विज्ञानको क्षेत्रमा अत्यन्तै ठूलो उपलब्धि दिलाउनुका साथै अन्तरिक्ष गतिविधिबारे पुनः विचार र अध्ययनका लागि समेत राम्रो अवसर प्रदान गर्ने बताइएको छ ।

तस्बिर सार्वजनिक भएपछि इएचटीका निर्देशक तथा हार्वर्ड विश्वविद्यालयका खोजकर्ता शेफर्ड डलेमनले भने, ‘ब्ल्याक होल ब्रह्माण्डमा रहेको सबैभन्दा रहस्यमय वस्तु हो । अहिले हामीले त्यो देखेका छौँ,

Comments

comments