अभिव्यक्ति स्वतन्त्रता र दाहालको छटपटी

अभिव्यक्ति स्वतन्त्रताको हकले प्रत्येक व्यक्तिमा आफ्ना विचारहरु स्वतन्त्र पूर्वक प्रस्तुत गर्ने अधिकार दिएको छ । मानिस जन्मजात प्राकृतिक प्राणी हो । कुनै संविधान वा ऐन कानुनमा मात्र होइन प्राकृत रुपमै प्रत्येक व्यक्तिको प्रकृति नै अभिव्यक्त गर्ने खालको हुन्छ । यो प्राकृतिक गुण हो र यसैलाई धेरै संविधान र ऐन कानुनले कानुनी रुप दिएका हुन् । पहिले वाक स्वतान्त्रताको कानुन बनाएर विचार अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरिएको होइन । मानव सृष्टिको सभ्यताको सुरुवातबाट नै मानिसले स्वतन्त्र अभिव्यक्ति प्राप्त गरेको हो । त्यसैले त महाभारत, रामायण जस्ता ठूल्ठूला धर्मग्रन्थहरु रचना भए र आजसम्म पनि ती धर्मग्रन्थका दर्शनहरुमा हाम्रा कतिपय कामकाज चलिरहेका छन् । धर्मग्रन्थ मात्रै होइन । यदि वाक् स्वतन्त्रता नहुँदो हो त आज बुद्धका वाणीहरु संसारमा कसैले सुन्न पाउने थिएनन् । न त स्वामी विवेकानन्द वा रजनिश ओशोका विचारले आज संसारमा सौहार्दता बढाइ रहेका हुन्थे ।

उहिले उहिले पश्चिमी मुलुकहरुमा राजा निरंकुश हुँदथे । निरकुँश राजाले जसरी शासन गर्दापनि आफ्नै शासन ठीक छ भनेर सबै प्रजाले मानिदिनु पर्ने अवस्था थियो । प्रतिवाद गरे सजाय भोग्नुपर्दथ्यो । यसको विरोधमा तत्कालिन् केही विश्लेषक अरस्तु, प्लेटो, सुकरातले बोले । नागरिकलाई मुलुकसम्बन्धी विषयहरुमा राज्यले समावेश गर्नुपर्ने र नागरिकलाई विचारको अधिकार प्रदान गर्नुपर्ने भनेर विचार अभिव्यत्तिको माग गरे । त्यसको नतिजामा बिल अफ राइट्स भनौँ वा टुवेल्भ टेबल भनौँ जुन कानुनहरुमा राजाले नागरिकलाई बोल्ने अधिकार प्रदान गरे । स्वतन्त्र विचार अभिव्यक्तिबाट वञ्चित पश्चिमी मुलुकका नागरिकहरु बोल्ने अधिकार पाएकोमा खुशी भए । तर पूर्ण अधिकार अँझै पाएका थिएनन् । त्यसैले सन् १९४८ मा मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरियो । त्यहीलाई आधार बनाइ आफूले मानव अधिकार पाएको र अँझ त्यो भन्दा बढी वाक् स्वतन्त्रताको पूर्ण अधिकार प्राप्त गरेको महशुस गरे ।

तर पूर्वीय सभ्यतामा यसरी राजासँग विचार अभिव्यक्ति कहिल्यै माग्नु परेन । चाहे लिच्छविकालका राजा हुन् वा मल्लकालिन राजा वा त्यसपछिको एकीकृत नेपालका शाहकालिन् राजाहरु हुन् जनतका विचार नसुन्ने राजा, जनताको विश्वास जित्न नसक्ने राजा राजगद्यीमा बस्न नै अयोग्य हुन्थ्यो । त्यसैले विभिन्न गोष्ठी वा भेला गरेर जनताका विचार लिने, राजगुरुका कुरा सुन्ने जनताकै चाहना अनुरुप योजना तर्जुमा गर्ने कार्य राजाले गर्दथे । किनकी राजा बन्न योग्य हुनका लागि प्रत्येक राजकुमारलाई धर्मशास्त्र पढाइन्थ्यो पढेकै हुनुपर्दथ्यो र ती धर्मशास्त्रहरुमा के राजधर्म हो के होइन भन्ने कुरा लेखिएको हुन्थ्यो । राजाले जनताको विचार सुन्नु विचार अनुसार निर्णय लिनु भन्ने कुरा धर्मशास्त्रमै गरिन्थ्यो । त्यसैले त्यसरी लेखिएको धर्मशास्त्र अनुसार नै राजा चल्नुपर्ने भएकाले उता पश्चिमा जस्तो नागरिक अधिकार पाउनका लागि बिल अफ राइट्स बनाउनु परेन वा मानवअधिकार घोषणापत्रहरु बनाइ राख्नु पर्ने किनकी हामी नेपाली नागरिकहरुले इतिहासकाल देखिनै जन्मजात विचार अभिव्यक्तिको स्वतन्त्रता पाएका छौँ । स्वतन्त्रता पाउनु पर्छ भन्ने शासकहरुबाटै शासित छौँ ।

काजी कालु पाँडे र आफ्ना भारदारको विचारलाई ग्रहण गरेर राजा पृथ्वीनारायणले नेपाल एकीकरण गरेका हुन् । विचार स्वतन्त्रा पाएर ऊ बेलाका योद्धाहरु भक्ति थापा, बलभद्र कुँवर, अमरसिँह थापाले मुलुकको रक्षा गरेका हुन् । विचार स्वतन्त्र भएरै अँग्रेजको हातमा देश जानबाट बचाउने उपाय पृथ्वीनारायण शाहले जनताका विचार लिएर मुलुक जोगाउन सफल भएका हुन् । विचार स्वतन्त्रता प्रदान गरेरै जंगबहादुर राणाले १२० जनाको कौशल बनाइ प्रत्येक सदस्यका विचारलाई कानुनी रुप दिइ मुलुुकी ऐन तयार गरेका हुन् । यदि विचार स्वतन्त्र नहुँदो हो त आज मुलुक जस्तो छ त्यो अवस्थामा केही पनि हुँदैनथ्यो । वा भनौँ नेपाल नेपाल नै नरहनसक्थ्यो ।

तर पछिल्लो समयमा नेपाली शासकले जति विचार स्वतन्त्रता जनतालाई प्रदान गर्नु पर्ने हो सो गर्न सकेनन् । राणाकालको सूरुवातमा जंगबहादुर केही उदार देखिएपनि पछिका राणा प्रधानमन्त्रीमा दम्भ बढ्दै गयो आफ्नो सत्ताको अनि नागरिकको स्वतन्त्रता संकुचित हुँदै गयो । राजाले जनतालाई विचार स्वतन्त्रता प्रदान गर्नुपर्ने हैसियतमा थिएनन् । शक्ति जति राणहरुमा थियो । राजा त्रिभुवन जसलाई कंग्रेसले राष्ट्रपिता मानेको छ उनले त झन् नागरिकलाई अधिकार दिनुपर्छ भन्नेमा कुनै चासो नै लिएनन् । उनको जीवन विलासितामै बित्यो । पछि राजा महेन्द्रले पञ्चायति शासन व्यवस्थामा पूर्ण वाक् स्वतन्त्रताको अधिकार कानुनमै प्रदान गरे तर तात्कालिन् शासनव्यवस्था विरुद्ध भने कसैले आवाज उठाउन पाउँदैनथ्यो । यसको मतलब राज्यमा केही गर्नु ठीक के बेठिक भन्नेकुरा राजा महेन्द्रले जनताको सुझाव नै लिँदैनथे भन्ने होइन । ०१७ सालसम्म राजनीतिक अस्थिरता भएकाले राजनीतिलाई स्थाइ रुप दिने उद्देश्यले राजा महेन्द्रले सुरु गरेको पञ्चायतकालमा राज्यको भलाईका निम्ति जसले जतिपनि विचार राख्न पाउँदथ्यो तर पञ्चायत विरुद्ध बोल्न पाइँदैनथ्यो यो चाहिँ तत्कालिन शासन व्यवस्थाको कमजोरी पनि हो । राजाकै चाहनामा पनि सबै कुरा निर्भर थिएन । भारदारहरु हुन्थे जसले माथिल्लो शक्ति सम्हालेका थिए । विचार स्वतन्त्रता उनीहरुबाट पनि दबाइएको थियो ।

जब बहुदल पुनस्र्थापना भयो त्यसपछि जसले जे पनि बोले हुने जस्तो अवस्था आयो । बोल्ने कुरामा लगाम लगाउनलाई विभिन्न कानुन बनाउनु पर्ने भयो । संविधानका हरेक अधिकारमा । तर भन्ने प्रावधान राखियो जहाँ विचार स्वतन्त्रतामा लगाम लगाउने व्यवस्था गरियो किनकी उछृंखल भएर जनता बोल्न थाले अँझ पार्टीका कार्यकर्ता मनोमानी बोल्न थाले । गाली गलौचका शब्दहरु खुब प्रयोग भए बहुदलपछि । तत्कालिन एक नेता जो कंग्रेस पार्टीबाट प्रधानमन्त्री थिए अदालतलाई नारायणहिटी भित्र लगे हुन्छ भन्ने सम्मका अभिव्यक्ति दिए । यो मात्रा अँझ बढेर तब गयो जब राजसंस्था हटाउनलाई आफूलाई कम्युनिष्ट भन्ने तात्कालिन माओवादीले धर्म संस्कृत सभ्यता संस्कार सबै नास गर्दै जसले जे गरेपनि हुनेखालका गतिविधि गर्दै गयो । अधिकांश बलात्कार, दादागिरी, चोरफट्याइँ त्यो समयमा बढेर गएको थियो । जब राजसंस्था ढल्यो कुनै राजनीतिको कुनै दर्शन हामीसँग बाँकि रहेन । पहिले पहिले प्रकृति अनुसार नै निर्माण भएका विधिका आधारमा जसरी धर्मशास्त्र लेखियो र तीनका आधारमा राजकाज चालइयो अब हामीसँग कुनै धर्मशास्त्र वा राजकाजको दर्शन बाँकि रहेन । अधिकांश दर्शनहरु माओवादीले जलाइदियो । र आज हामीसँग हाम्रो राजनीतिक दर्शन के हो ? त्यो थाहा छैन । जनतालार्इृ के गर्नुपर्छ के गर्नुहुँदैन त्यो पनि थाहा छैन । शासक भएपछि कर्तव्य के हो त्यो पनि थाहा छैन । किनकी हिजोको जस्तो दर्शन हामीसँग बाँकि रहेन । त्यो केही बाँकि नरहेपछि अब आजको शासकले जे भन्छ त्यो मान्नै पर्यो । गलत होकी सही कसैले प्रश्न उठाउन सक्दैन । हिजो पो जनता र राजा भन्ने छुटिएका थिए । जनताले राजालाई प्रश्न गर्दथे तर आज जनता कोही छैन । हर व्यक्ति कुनै न कुनै पार्टीको कार्यकर्ता छ त्यसैले पार्टीको विरोधमा कसले आवाज उठाउने ।

तसर्थ आजको अवस्था आउने नै भयो । किनकी यही अवस्था ल्याउनका लागि २०४७ सालमा पार्टीले आफ्नो राज ल्याए । २०६३ सालमा राजसंस्था भत्काए । र आज अब यी नै शक्तिशाली भएर गए । अब आजको शसनशक्तिले जे भनेपनि मान्नै पर्ने किनकी तपाईँले सत्तापक्षको कामकर्तव्य ठीक छ की छैन भनेर चेक गर्ने ठाउँ अदालत हो जो शासनसत्ताबाट प्रभावित छ । अँझ आफू शासनसत्ताको नजिक छैन है भनि देखाउन देखावटी पत्रकार सम्मेलन गरिरहेको छ पानीमाथि ओभानो बन्न खोजी रहेको छ ।

आफ्नो शासन व्यवस्थाका विरुद्ध बोल्यो भनेर जब मोहन शमशेरले जनतालाई दबाउन खोजे उनको शासनसत्ता पल्टियो । बि.पी. ले जब अहम् देखाउँदै मनोमानी ढंगबाट सरकार चलाउन खोजे उनको सत्ता पल्टेर गयो, राजा महेन्द्रले शासनसत्ता हातमा लिनु पर्यो । राजा ज्ञानेन्द्रले जब संसद आफ्नो हातमा लिएर मनोमानी गर्न खोजे उनको पनि शासनसत्ता पल्टियो । अब आजको आफूलाई कम्युनिष्ट भन्ने शासकपक्षले मनोमानी गर्न खोज्छ भने यसको हविगत के होला यो कसैले भनि रहनुपर्दैन ।

अन्तमा, प्रचण्डको राजाले केही बोल्न नपाउनुपर्ने अभिव्यक्ति दिनु कुनै नौलो कुरा होइन । प्रचण्ड जसका विरुद्ध अदालतमा अनगिन्ति मुद्या छन् जसलाई ज्यानमाराको अभियोग लगाइएको छ, आफू सत्तामा पुग्न जेपनि गर्न सक्ने क्षमता उनीसँगछ छ र आज सत्ता पक्ष भएर बसेका छन् । तर बिस्तारै जनताको विश्वास गुमाउँदै गइ रहेका छन् र अँझ जनताको निराशा बढेर जाने हो भने आफू सत्तामा नरहने डर छ त्यसैले कसैले पनि यो वर्तमान शासन सत्ताको पक्षमा बोल्नेहरुलाई स्वतन्त्र पूर्वक बोल्न दिइ रहेका छैनन् । कहिले अँकुशकारी मिडिया विद्येयक ल्याएर त कहिल्यै नागरिक अधिकार कुण्ठित पारेर जनताको स्वतन्त्रतामा वर्तमान राज्यपक्षले अँकुश लगाइ रहेको छ । राजा ज्ञानेन्द्रले अहिलेको शासनका कमजोरी बारे बोले भनेर मात्र प्रचण्डले विरोध गरेका होइनन् । तर राजाको कुरा सुन्ने त ठूलो जमात छ । जसरी राजाले नेपाली जनतालाई शासन के हो कसरी चलाउनुपर्छ नागरिक अधिकार के हो भनेर बुझाउँदै जाने हो भने नागरिकहरु अहिलेको शसनसत्ताले बेठीक गरिरहेको छ भन्ने थाहा पाउँछन् र सबै को विश्वास जितेर अहिलेको शासनपक्षको विरुद्धमा जनमत पो बलियो पार्ने हुन् की भन्ने डरले तत्काल प्रतिक्रिया दिएका हुन् ।

आफ्नो शासन व्यवस्थाका विरुद्ध बोल्यो भनेर जब मोहन शमशेरले जनतालाई दबाउन खोजे उनको शासनसत्ता पल्टियो । बि.पी. ले जब अहम् देखाउँदै मनोमानी ढंगबाट सरकार चलाउन खोजे उनको सत्ता पल्टेर गयो, राजा महेन्द्रले शासनसत्ता हातमा लिनु पर्यो । राजा ज्ञानेन्द्रले जब संसद आफ्नो हातमा लिएर मनोमानी गर्न खोजे उनको पनि शासनसत्ता पल्टियो । अब आजको आफूलाई कम्युनिष्ट भन्ने शासकपक्षले मनोमानी गर्न खोज्छ भने यसको हविगत के होला यो कसैले भनि रहनुपर्दैन । किनकी जहिल्यैपनि जहाँपनि नागरिक सर्वोपरी हुन् उनीहरुको अधिकार सर्वोपरी हो । नागरिक शक्ति ठूलो शक्ति हो, एक ठाउँमा आयो भने कुनै पनि शासनशक्तिहरु बाँकि रहँदैन । इतिहासले देखाएको पनि यही हो । यही कुरालाई मानेर शासकपक्षले सत्ता चलाउँछ भने त्यो शासनसत्ता दीर्घकालिन हुन्छ हैन भने जनताले परिवर्तन खोज्छ, खोजी रहन्छ । यदि जनता बुझ्ने छ भने उसले राजा चाहियो भन्दैन वा दलीय व्यवस्था चाहियो पनि भन्दैन । उसले त असल शासन व्यवस्थता चाहियो भन्छ जनताको हितकारी शासन व्यवस्था चाहियो भन्छ । कार्लमाक्सले पनि यही भनेका हुन् की नागरिकको हक सुनिश्चिताका लागि नागरिक सँधै संघर्ष गरी रहन्छ तर त्यही कार्लकाक्सको नाममा सत्तामा पुग्नेले यत्ति पनि बुझ्न सकि रहेका छैनन् । यसले अर्को संघर्ष र शासनव्यवस्थाको इंकित गर्छ ।

विधि विचार – यज्ञराज पाण्डे

Comments

comments