एक मिनेटमा १८ पटक ट्वीस्टिङ गरेर दिनेश सुनारले गरे विश्व किर्तीमान

काठमाडौँ– खोटाङ राजापानीका दिनेश सुनारले एक मिनेटमा १८ पटक ट्वीस्टिङ व्याकफिलिप्स् गरेर विश्व किर्तीमान कायम गरेका छन् ।

मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराएका हुन् । यो विषयमा गिनिजबुकमा नाम दर्ता गराउने दिनेश पहिलो व्यक्ति भएका छन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराउनका लागि एक मिनेटमा न्युनतम १५ पटकसम्म ट्विस्टिङ गर्नुपर्ने भएपनि उनले १८ पटकसम्म गरेका छन् ।

   नाम दर्ता गराएसंगै उनलाइ अमेरिकाले प्रशिक्षकमा बोलाएको छ।

हेर्नुस् दिनेशले राखेको किर्तीमानको भिडीयो

Comments

comments