अमेरिकामा ७.९ म्याग्नेच्युडको भूकम्प, भौगर्भिक विभागद्वारा सुनामीको चेनावनी

काठमाडौं– अमेरिकाको अलास्का खाडीमा ७.९ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।

भूकम्प अलास्काको कोदियाकभन्दा १७५ माइल दक्षिणपूर्वमा मध्यरातको केही समयपछि गएको थियो । अमेरिकी भौगर्भिक विभागले भूकम्प ६ माइल गहिराइबाट आएको सिएनएनले जनाएको छ ।

दक्षिणपूर्वी र दक्षिण अलास्कामा सुनामीको चेतावनी जारी गरिएको छ । त्यस्तै क्यानाडाको ब्रिटिश कोलम्बियामा पनि चेतावनी जारी भएको छ । हवाई टापुमा पनि सुनामीको चेतावनी जारी भएको छ ।

भूकम्पबाट हताहतीको कुनै खबर आएको छैन ।

Comments

comments