भूकम्पपछिको पुनर्निर्माण तीव्रः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन भएपश्चात भूकम्पपछिको पुनर्निर्माणले तीव्र गति लिएको बताउनु भएको छ ।
आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रबासीलाई सम्बोधन गर्दै उहाँले यसबीचमा विभिन्न क्षेत्रमा भएको प्रगति उल्लेख गर्नु भएको हो ।

धानमन्त्री ओलीले सम्बोधनका क्रममा वर्तमान सरकार गठन भएपछि थप ६६ हजार ८ सय ७५ जना लाभग्राहीले पहिलो किस्ता र थप ३ लाख ३२ हजार ४ सय ५५ जना लाभग्राहीले दोस्रो किस्ता लिएको बताउनु भयो । त्यसैगरी, तेस्रो किस्ता लिने लाभग्राहीको संख्या ३ लाख १४ हजार ५ सय २ ले बढेको पनि उल्लेख गर्नु भयो ।

एक वर्षको बीचमा थप १ हजार ७२ वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको तथ्यांक पनि उहाँले आफ्नो सम्बोधनमा समावेश गर्नु भएको छ ।

Comments

comments