‘ए मेरो हजुर–३’ र ‘यात्रा’  गर्भावस्था देखि नै प्रतिस्पर्धी ?

काडमाडौ । ‘ए मेरो हजुर–३’‘यात्रा’ को भिडन्त चैत २९ गते मात्र होइन गर्भावस्था देखि नै हो भन्ने पनि फिल्मी वृतमा रहेका छन् । नायिका झरना थापाले फिल्म‘ए मेरो हजुर–२’ बाट डेब्यु गरिन् । सँगै उनले नायक सलिनमान बँनियालाई पनि डेब्यु गराइन् । ‘ए मेरो हजुर–२’ को लागि नायक अनमोल केसीलाई अफर गर्दा उनले मानेन र सोहि फिल्ममार्फत रजतपटमा लाइमलाइटमा आए सलिनमान । हाल सलिनमान रजतपटको स्टाइलिस स्टारको रुपमा स्थापित भइसकेका छन् । उनको फ्यान फलोइङ पनि लोभलाग्दो रहेको छ ।

फिल्म ‘ए मेरो हजुर–३’ को लागि नायक सलिनमानलाई अफर गरियो उनले खेल्न मानेनन्, सोहि फिल्म अनमोलले खेले । झरना थापाले डेब्यु गराएका नायक सलिनमान बँनियाले ‘ए मेरो हजुर–३’ नखेल्नु । त्यस लगतै सलिनले झरना क्याम्पलाई नसोधी ‘यात्रा’ खेल्नु । यसबाट इगो शुरु भएको थियो । झरनाले सलिन लाई दोहो¥याउन चाहेपनि सलिनले नमानेपछि प्रोजेक्टलाई ठूलो बनाएर अनमोललाई खेलाइएको हो ।

सलिमानलाई नै आधार मान्ने हो भने रजतपटको अहिलेको नम्बर वान नायक हुन अनमोल केसी । गत सोमबार (फागुन ११ गते) फिल्म ‘यात्रा’को टे«लर रिलिज कार्यक्रममा ‘यही मितिमा अर्का फिल्मसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो महसूस गर्नुभएको छ ?’ प्रश्नको उत्तरमा सलिनमानले भने, ‘रोनाल्डोसँग पनि मेस्सीसँग प्रतिस्पर्धा हुन्छ, जसले जितेपनि अर्कोले हारेको भन्ने हुँदैन ।’ उनले भने, ‘मेरो प्रतिस्पर्धा पनि नम्बर एकसँग हो नि, भाग्नुभन्दा भिड्नु ठीक लाग्यो ।’ उनको यो भनाइसँगै सलिनमानले अनमोल केसीलाई नम्बर वान स्वीकारेको प्रष्ट भएको छ ।

साथैै सलिनले आफूलाई पनि अनमोल भन्दा कम नभएको प्रमाणित गर्न खोजेका छन् । अनमोल केसी र सलिनमान दुवै नायकको फ्यान फलोइङ उच्च छ । यी दुइ स्टारको फ्यान फलोइङ फिल्ममा कतिको देखिने छ त्यो भने चैत २९ सम्म कुर्नुपर्ने छ । गत बुधवार (फागुन १३ गते) निर्देशक झरना थापाको जन्मदिनको खुसियाली साट्दै निर्माण पक्षले ‘ए मेरो हजुर–३’ फिल्मको ट्रेलर सार्वजनिक ग¥यो । जहाँ निर्माता सुनिलकुमार थापाले आफुले फिल्म नजुधाएको र यात्रा सो मितिमा जुध्न आएको बताए ।

‘हामीले अनमोललाई साइन गर्दा नै रिलिज डेट तय गरेका थियौ’ उनले भने ‘हामीलाई सर्नु भन्ने प्रस्ताव आयो तर हामीले घोषणा गरेको डेटबाट किन सर्ने ।’ यता ‘यात्रा’ का निर्माता सुशील पोखरेल पनि आफ्नो फिल्मको लागि राम्रो डेट तोकिएको बताउछन् । ‘हामीले छायाँकन सकेर राम्रो मितिमा डेट घोषणा गरेका हौ’ सुशील भन्छन् ‘उहाको शुटिङ नै सकिएको छैन् , हामीले त सम्पूर्ण काम सकेर रिलिज मिति तय गरेका हौं ।’

दुबै फिल्मले आफुले रिलिज डेट अगाडी तय गरेको दावी गरिरहेको बेला के कुरा प्रष्ट भएको छ भने फिल्म ‘ए मेरो हजुर ३’ ‘यात्रा’सँगै रिलिज गर्ने तयारीमा आएका हुन् । किनकी ‘यात्रा’ले ‘ए मेरो हजुर–३’ भन्ला अगाडी रिलिज डेट तय गरेको फिल्मी वृतमा चर्चा छ ।

Comments

comments