प्रचण्ड र झलनाथ खनालबीच विशेष भेटवार्ता : नेकपा एकता अन्तिम चरणमा

३ बैशाख २०७६ । काठमाण्डौ– आज बेलुका नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विशेष वार्ता सम्पन्न भएको छ । पार्टी एकीकरण लामो समयसम्म पनि नुटुङ्एिको अवस्थामा कार्यकर्ताहरुबीच पनि असन्तुष्टि आउन थालेपछि पार्टी एकीकरणको आवश्यकतालाई मध्यनजर गरेर छलफलका लागि दुई वरिष्ठ नेताबीच छलफल भएको हो ।

अल्पविरामसँगको कुराकानीमा उनले बताए “आज बेलुकी कमरेड प्रचण्ड र मेरो बीचमा देशको वर्तमान परिस्थिति, सरकार निर्माण पछिको परिस्थिति, सरकारको एक वर्षको अवस्था, हाम्रो पार्टीको अवस्था, पार्टीलाई चाँडोभन्दा चाँडो एकीकरण गर्नुपर्ने आवश्यकता आदिका बारेमा विस्तृत रुपमा छलफल भइ विचारहरु आदानप्रदान भए र बातचित अत्यन्त सकरात्मक रहेको कुरा म जानकारी गराउन चाहान्छु ।”

झलनाथ खनाल निवास डल्लुमा करिब डेढ घण्टासम्मको लामो छलफल भएको थियो । यति लामो र गहन विषयमा छलफल सम्पन्न भएकाले नतिजा अब चाँडै नै आउनेमा आफूहरु ढुक्क भएको नेता खनालले बताए । यो सँगै पार्टी एकतामा आएको असामञ्जस्यता स्थिति अन्त्य भएको र छिट्टै नै नेकपाका मूलभूत विषयहरुमाथिको बहस अघि बढाउँदै पार्टी र सरकारलाई स्पष्ट कार्यदिशामा अघि बढाउने उनको भनाइ थियो ।

Comments

comments